विराटनगरमा भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ

Written by Bishal ghale

Updated on:



विराटनगरमा भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ भएको छ। प्रहरीले विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको जानकारी दिए। नेपाल-भारत सीमा क्षेत्र नजिकै केरा र गाँजा अनलोड गर्दै गरेको जानकारी पाएपछि प्रहरी पुगेको थियो। भ्यानको ढालामा गाँजालाई माथिबाट केराले छोपिएको थियो। प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर चालक धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राईलाई पक्राउ गरेको छ। चालक राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ।

Leave a Comment