झापाको कचनकवल गाउँपालिकामा ब्राउनसुगरसहित एक महिला पक्राउ

Written by Bishal ghale

Updated on:



झापाको कचनकवल गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित एक महिला पक्राउ परेका छन्। सोमबार दिउँसो, कचनकवल गाउँपालिका–४ स्थित सुनकोशी चिया बगानबाट ३६ वर्षीया अलिसा शेखलाई पक्राउ गरिएको छ। चिया बगानमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले शंका लागेर शेखलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकमा पोका पारेको अवस्थामा २ पोका (४० ग्राम ८४० मिलिग्राम) ब्राउनसुगर बरामद भएको थियो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment